NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व द्वादशी - १२

परिचय

#हाम्रो बारेमा

स्वास्थ्य कार्यालय सुनसरीको स्थापना वि. सं.२०७५ साल कार्तिक १ गते भएको थियो यस कार्यालय इनरुवा नगरपालिका वडा नं. १ मा अवस्थित रहेको छ संघीय व्यवस्था लागू भएपश्चात प्रदेश सरकारको प्रचलित कानुन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग स्वास्थ्य सेवा सम्बन्धि समन्वय, सहजीकरण र सहयोग गर्ने मुख्य जिम्मेवारी स्वास्थ्य कार्यालयको रहेको छ स्वास्थ्य कार्यालय सुनसरी प्रदेश सरकार अन्तर्गतको सुनसरी जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक इकाइ हो। यस कार्यालयले सुनसरी जिल्लाभर प्रतिकारात्मक र प्रबर्धानात्मक स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गर्नुका साथै जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था मार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको प्रवाह गर्न स्थानीय तहहरुलाई सहयोग गर्दछ।

समग्रमा, स्वास्थ्य कार्यालय सुनसरी जिल्लाको स्वास्थ्य प्रणालीको मेरुदण्डको रूपमा कार्यरत छ । यसले "सबैका लागि स्वास्थ्य" भन्ने राष्ट्रिय लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न समुदायसँगै हातेमालो गर्दै सुनसरी जिल्लालाई स्वस्थ, समुन्नत र रोगमुक्त बनाउन योगदान पुर्याइरहेको छ ।

स्वास्थ्य कार्यालयको प्रमुख काम कर्तव्यहरु