पाँच वर्ष मुनीका बालबालिकाहरुमा देखापर्ने मुख्य स्वास्थ्य समस्या वा रोगहरुको एकिकृत रुपमा मुल्याङकन र वर्गिकरण गरी त्यसैको आधारमा उक्त समस्या वा रोगहरुको उपचार तथा व्यवस्थापन गर्ने प्रणालीलाई समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापनकार्यक्रम भनिन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य पाँच वर्ष मुनीका बालबालिकाहरुमा प्रायःजसो देखिने रोग तथा अन्य स्वास्थ्य समस्याहरुको उपचार तथा व्यवस्थापन गरि त्यसवाट हुने मृत्युदर घटाउनु हो।