खोप सेवा एउटा लागत प्रभावकारी कार्यक्रम हो जसले निश्चित रोगहरु लाग्नवाट सुरक्षा प्रदान गर्दछ । नेपालमा वि.स. २०३५ साल देखि खोप कार्यक्रमको प्रारम्भ भएको हो । हाल नियमित खोप मार्फत १३ वटा रोग विरुद्धको खोप बालबालिकाहरुलाई प्रदान गरीने गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम मार्फत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबैको पहुंचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरिय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्ने र खोपबाट बचाउन सकिने रोग, अपाङ्गता र मृत्युदरलाई कम गर्नु नै खोप कार्यक्रमको प्रमुख लक्ष्य हो।