राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिला, सुत्केरी आमा, २ वर्ष मुनीका बालबालिका तथा किशोर किशोरीहरुलाइ लक्षित गरी उनीहरुको पोषण स्तरमा सुधार गर्ने, २ वर्ष मुनीका बालबालिकाको वृद्धि अनुगमन, प्रत्येक ६/६ महिनामा भिटामिन ए आम वितरण गर्ने तथा जुकाको औषधी खुवाउनेभिटामिन ए को कमीको उपचार गर्ने, आयोडिन युक्त नुनको उपयोगमा बृद्धि गर्ने, ६ महिना सम्मका शिशुहरुलाई पूर्ण रुपमा स्तनपान गर्न र ६ महिना देखी २ वर्ष सम्मका वालवालिकाहरुलाई स्तनपानको साथ साथै थप आहार र बालभिटा खुवाउन प्रोत्साहन गर्ने, रक्त अल्पतावाट जोगाउन गर्भवती महिला र किशोरीहरुलाई आइरन चक्की वितरण तथा पोषण सम्वन्धी परामर्श दिने गरिन्छ।